आज पनि बढ्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य
३० वैशाख, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा काराेबार भईरहेको छ।
गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य ताेलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ७२५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएकाे छ।
प्रकाशित मिति : May 12, 2024 at 11:28 am









