१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अभिनेत्री पुजा शर्मा भन्छिन, ‘उमेर छँदा नै ख्याल गराैँ’


२९ वैशाख, काठमाडाैँ । अभिनेत्री पुजा शर्माले उमेर छँदा नै ख्याल गर्नुपर्ने बताएकी छन्। शुक्रवार जावलाखेलमा खुलेको क्युट एन्ड साइन ब्युटी हब उद्घाटन गर्दै शर्माले पछि गरौँला भन्दा भन्दै समय ढिलो हुने सुझाव दिइन्। “हाम्रो छालाको उमेरमै ख्याल गर्‍यौँ भने मात्र पछि राम्रो हुन्छ। पछि गरौँला भन्दा भन्दै त्यो समय ढिलो भइसकेको हुन्छ।

त्यस कारण सुरुदेखि नै मेन्टेन गरौँ’, शर्माले सुझाइन्, “अहिले त उमेर छ, जे गरे पनि सुहाउँछ तर, पछिको लागि सोच्नुपर्ने हुन्छ। पछिको लागि नै अहिलेदेखि तयारी रहौँ।” सो अवसरमा अभिनेत्री शर्माले व्यवसायको सुरुवाती दिनमा सफलताका लागि सकारात्मक कुरा सम्झनुपर्ने बताइन्। १२ वर्षदेखि सौन्दर्य क्षेत्रमा रहेकी सरु श्रेष्ठ हब सञ्चालन गरेकी हुन्। ठूलोपर्दासँगको सहकार्य

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार १३:३६