९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

गगनलाई रबिको जवाफः डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन्

२८ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई जवाफ फर्काएका छन । उनले शुक्रबार अबेर सामाजिक सञ्जाल मार्फत सहकारी ठगेको प्रमाणित गरिदिए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन ।

रविले भनेका छन, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन । म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने ?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र ?? प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन।’

प्रकाशित मिति : May 10, 2024 at 8:08 pm