७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव


२८ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ ।

सेबोनको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दे आगामी नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सुझाव माग गरेको हो । सरोकारवालाहरुले धितोपत्र बजार तथा वस्तु विनियमावली बजार सम्बन्धी राय तथा सल्लाह–सुझाव दिन सक्नेछन् ।

राय सुझाव सल्लाह जेठ १५ गतेसम्म पेश गर्न सकिने बोर्डले जनाएको छ । आगामी जेठ १५ गतेभित्र धितोपत्र बोर्डको ई–मेल [email protected] मा सुझाव पठाउन सेबोनले भनेकाे छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १७:२०