१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

अफगानिस्तानमा तालिवानको अाक्रमणमा परी ११ नेपाली घाइते

१४ मंसिर, काठमाडाैँ । अफगानिस्तानको काबुलमा तालिवानले गरेको आक्रमणमा परी ११ जना नेपाली घाइते भएका छन । घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको बीबीसीले जनाएको छ । बीबीसीले घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बताएको छ ।

जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन ।आक्रमणको जिम्मा तालिवानले लिएको छ ।

प्रकाशित मिति : November 30, 2018 at 8:34 am