८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

राष्ट्रपतिले गरे गभर्नर अधिकारीसहित तीन विशिष्ठ व्यक्तित्वलाई सम्मान

https://www.muktinathbank.com.np/online/loan-application

२७ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आयोजित एक कार्यक्रममा नेपालका विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका तीन विशिष्ठ व्यक्तित्वलाई सम्मान गरेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (एक्यान) को आज आयोजित राष्ट्रिय सम्मेलनका अवसरमा राष्ट्रपति पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ चिकित्सक डा सन्दुक रुइतलाई सम्मान प्रदान गरेका हुन् ।

गभर्नर अधिकारीलाई नेपालको केन्द्रीय बैंकको गभर्नरका रुपमा रहेर मुलुकको अर्थतन्त्रका क्षेत्रमा पुर्याएको योगदान वापत सम्मान गरिएको हो । साथै महासङ्घका अध्यक्ष ढकालले सानो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरी मुलुकको सबैभन्दा ठूलो करदातासम्म पुगी देशमा उद्यमशीलताको विकासमा योगदान पुर्याएको तथा डा रुइतले नेपालको चिकित्सा क्षेत्र विशेषगरी आँखा उपचारका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सो सम्मान प्रदान गरिएको एक्यानले जनाएको छ ।

उक्त सम्मेलनमा मुलुकको समृद्धि र आर्थिक विकासका विषयमा छलफल एवं बहसको पनि आयोजना गरिएको छ । सो बहसमा नेपालका अर्थशास्त्री, उद्योगी, बैंकर्स र विभिन्न क्षेत्रका नीति निर्मातालगायतको सहभागिता छ ।

प्रकाशित मिति : May 9, 2024 at 3:44 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/