७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अन्तिम दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता


२७ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ को विन्दुमा बन्द भएकाे छ ।

बिहीबार नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन सोल्टी होटलको १४ करोड ४७ लाख ९२ हजार रुपैयाँ , फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९ करोड ६६ लाख ४२ हजार रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ५९ लाख ९५ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ७ करोड ३१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १५:१३