९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

२७ वैशाख, काठमाडाैं । कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

एमाले र माओवादी केन्द्रका ५२ सांसदकाे समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बिहीबार दिउँसो मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री नियुक्त गर्नुअघि प्रदेश प्रमुखले ५२ जना सांसदको सनाखत गराएका थिए। सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वाेच्च अदालत पुगेका छन् ।

प्रकाशित मिति : May 9, 2024 at 2:10 pm