२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी

२६ वैशाख, काठमाडौँ । विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ ।

आगामी जेठ १३ गते ललितपुरमा आयोजना हुने सङ्गोष्ठीमा भारतको नयाँदिल्ली दक्षिण एसियाली विश्वविद्यालयका कुलपति प्राध्यापक केके अग्रवाल, संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयका प्राध्यापक योशिताका माइक लगायत वक्ता रहनुहुने विभागका प्रमुख डा निर्मलमणि अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : May 8, 2024 at 11:07 am