२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

चट्याङ लागेर एक जनाको मृत्यु

२५ वैशाख, गलकोट (बागलुङ) । ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 7, 2024 at 11:03 am