५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

अशोक राई नेतृत्वको दललाई निर्वाचन आयोगले दियो मान्यता

२४ वैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलगिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले नयाँ दललाई दर्ता गर्ने निर्णय भएकाे जानकारी दिए । राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नै दलले मान्यता पाएको पाण्डेले बताए।

उनका अनुसार, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको हो।

प्रकाशित मिति : May 6, 2024 at 5:50 pm