६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेकपा एकीकृत समाजवादीकाे संसदीय दलको बैठक जारी


२४ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक जारी रहेको जानकारी दिए ।

यही वैशाख २८ गतेदेखि सुरूहुने सङ्घीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिए ।

उनले भने, “अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा यही वैशाख २८ गतेदेखि सुरूहुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।”

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १३:३७