१३ जेष्ठ २०८१, आईतवार | Mon May 27 2024

बढ्यो सुनको भाउ, यस्तो छ आज प्रतितोला मूल्य


२४ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ६६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १०:५८