७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि आक्रमण

२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किंदै गरेकी एक परीक्षार्थीमाथि आक्रमण भएको छ। अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दैआएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन् ।

स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

अधिकारीको पेटमा डढेको, दबेको, ददारिएकोजस्तो चोट देखिएको प्रहरीले जनाएको छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १५:२६