१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

सिड्नीमा गल्फ प्रतियोगिता

अष्ट्रेलिया । न्यू साउथबेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था नेप्लिज गल्फर एसोसिएशनले आयोजनामा दोस्रो CIHE GOLF LEAGUE 2024  को तेस्रो खेल सम्पन्न भएको छ ।

कुल आठ ओटा गेम खेलाईएको लिगको  मुख्य प्रायोजक क्राउन ईन्सिच्युट अफ हायर एजुकेशन रहेको छ।    यही अप्रिल २१ मा भएको  लिगको तेस्रो  खेलमा जम्मा २३ जनाले  भाग लिएका थिए।  तेस्रो दिनको खेलमा मिलन श्रेष्ठ ३७ अंक सहित प्रथम भए भने बराबरी अङ्क ( पछाडीको आधा खेलको अङ्क को आधारमा ) सहित दिपक पहारी दोस्रो भए। इस्टेबल फोडको आधारमा खेलाईएको उक्त खेलमा Nearest to the pin ( NTP) उसली नवाकटाबुले जिते भने Longest drive (LD) चाही प्रणब मैनालीले जितेका छन् । गोडन स्थिति गोडन गल्फ कल्वमा भएको  खेलमा बिजेतालाई अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका निवर्तमान  महावाणिज्यदूत दिपक खड्काले पुरस्कार बितरण गरेका थिए ।

खेलको पुरस्कार बितरण गर्नुहुदै अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका निवर्तमान अवैतनिक महावाणिज्यदूत दिपक खड्काले बिदेशमा रहेर पनि नेपाली बिच यसरी गल्फ खेल्न पाउदा सार्है खुसि लागेको र यस किसिमका खेलले समुदाय बिच मात्र नभई अरु देशका खेलाडी सग पनि आफ्नो कला सस्कृतिको जानकारी साटासाट गर्न पाउदा  अझ बढी फाईदाजनक भएको भन्दै आयोजक लाई बिषेश धन्यवाद दिएका थिए । पुरस्कार बितरण कार्यक्रम मा बिशेष अतिथीको रूपमा नेपालबाट आउनु भएका गल्फर  नारायण पहारीले सबैलाई धन्यवाद दिदै पोखरामा रहेको हिमालयन गल्फ कोर्स तथा उपल्लो मुस्ताङ (बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको कोर्स) मा खेल्न सबैलाई निमन्त्रणा गरेका थिए।  आयोजकको तर्फबाट  सुदिप बास्तोलाले यो लिगको प्रायोजक क्राउन ईन्सिच्युट अफ हायर एजुकेशनलाई बिशेष धन्यवाद दिदै अबको चौथो खेल म २६ मा गर्जीयस रिभर गल्फ  कोर्स, एनएसडव्लुमा हुने जानकारी दिदै  कोही ईच्छुकहरुले  सम्पूर्ण जानकारी र सम्पर्क को लागी एनएसडब्लु नेप्लिज गल्फर सिड्नीको  फेसबुक पेजमा  पाउने बताए ।

प्रकाशित मिति : May 1, 2024 at 6:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/