१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौँमा

१३ मंसिर, काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुगेका छन् । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

उनलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी पनि दिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १४:०५