४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

१८ वैशाख, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १०:४८