इलाम २ मा एमालेका सुहाङ नेम्वाङलाई ३७ सय बढीको अग्रता
१७ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको जारी मतगणनामा सुहाङ कांग्रेसका खड्काभन्दा ३७३४ मतले अगाडि छन्। कांग्रेसका उम्मेदवार डम्लाबर खड्कालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता बढाउँदै लगेका छन । सुहाङ फराकिलो मतान्तरसहित अघि लागेका हुन् ।
नेम्वाङले ११ हजार ९ मत ल्याएका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७२७५ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५८६९ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले १५०९ मत ल्याएका छन्।
प्रकाशित मिति : April 29, 2024 at 11:33 am









