१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

बझाङ उपनिर्वाचन अपडेटः एमालेको सुरुवाती अग्रता

१६ वैशाख, चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ५१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : April 28, 2024 at 3:31 pm