२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

लुम्बिनीका बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

१२ वैशाख, काठमाडाैं ।  लुम्बिनी प्रदेशका ७ जना विनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार एमालेबाट नियुक्त भएका भूमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी मन्त्रालय, दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्जुन केसी वन तथा वातावरण मन्त्रालय र रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्। पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ।  यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसकेका थिए। लुम्बिनीमा यसअघि नेकपा एमालेका लिला गिरी र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० मन्त्रालय थिए । तर माओवादी केन्द्रका महरा मुख्यमन्त्री भएपछि दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर दुईवटा थपिएको हो ।

प्रकाशित मिति : 17:38