१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

आयात निर्यात दुवै घट्यो, नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब

९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा आयात निर्यात दुवै घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको चैत महिनाको तथ्याङ्क अनुसार आयात निर्यात दुवै घटेको देखिएको हो।

विभागका अनुसार चैतसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशत कम हो। गत वर्ष सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँ बरावरको आयात भएको थियो।

विभागका अनुसार चैतसम्म १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ३.६६ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो।

चैतसम्म व्यापार घाटा १० खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ। गत वर्षकाे सोही अवधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो। जुन २.७ प्रतिशतले घटेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा छ।

प्रकाशित मिति : April 21, 2024 at 3:03 pm