२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १४ करोड ८८ लाख


९ वैशाख,  काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७.१९ प्रतिशतले कम हो । गत वर्ष बैंकले ५५ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

साे अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.६६ प्रतिशतले घटेर १ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, बैंककाे सञ्चालन नाफा पनि ७९ करोड ६२ लाखबाट बढेर ८१ करोड २७ लाख भएको छ । बैंककाे इम्पेयरमेन्ट चार्ज २१.२७ प्रतिशतले बढेर ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

बैंककाे वितरणयोग्य नाफा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ । खराब कर्जा दर २.११ प्रतिशत विन्दुबाट बढेर ३.४१ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७६ पैसाले घटेर १४ रुपैयाँ ५ पैसा कायम भएकाे छ। बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४ पैसा रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १०:०८