११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अस्ट्रेलियाको राजधानीमा नयाँ वर्षको अवसरमा आतिशबाजी, राज्यका मुख्यमन्त्री समेत सहभागी

अष्ट्रेलिया । सनातन समाज अस्ट्रेलिया को आयोजनामा अस्ट्रेलियाको राजघानी क्यानवेरामा नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर विभिन्न नेपाली  सांस्कृतिक कार्यक्रम का साथै आतिशबाजी गरेको छ ।

अष्ट्रेलियाको राजधानीमा पशुपतिनाथ मन्दिरका साथै बहु उपयोगी सामुदायिक  हल स्थापना गर्ने सनातन समाजको मुख्य उद्देश्य रहेको समाजले जनाएको छ । करीव ८ लाख डलर अष्ट्रेलियन जम्मा गरी सकिएको र जग्गा प्राप्तीको काम समेत तिव्रगतीमा आघिवढीरहेको समाजका अध्यक्ष सन्तोश मल्लले बताए ।

करिव १० हजार नेपाली र केही अन्य राष्ट्रका मानिसहरुको  उपस्थिती रहेको उक्त कार्यक्रमका मुख्य अतिथिको अष्ट्रेलियन राजधानी क्षेत्र (एसिटि) राज्यका मुख्य मन्त्री  एन्ड्रयू बार रहेका  थियो । कार्यक्रममा मुख्य मन्त्री यति धेरै नेपालीहरूको सहभागीताको प्रशंसा गरेका थिए । कार्यक्रममा विपक्ष दलको नेता लि लगायत अन्य मन्त्रीहरूको समेत उपस्थिति थियो। भने मुख्यमन्त्रीले समेत आफ्नो फेसबुक पेजमा कार्यक्रमको फोटो साझा गरेका थिए ।

कार्यक्रमम आफ्नो मन्तव्य  राख्दै अध्यक्ष मल्लले नेपाली समुदायमा पशुपतिनाथ प्रतिको आस्था र यसको क्यानवेरामा आवश्यकता वारेमा जोड दिदै राज्य सरकारलाई जग्गा  उपलब्ध गराउने प्रकृयालाई यथासक्दो छिटो गरिदीन अनुरोध गरेको थिए ।

करीव  ९ः ३० वजे तिर १५ मिनेट सम्म आतिशबाजी गरीएको थियो । यस्तो भव्य कार्यक्रम गरेकोमा सहभागीले सनातन समाजको खुलेसै प्रसम्सा गरैको थिए। कण दासले ठुला ठुला महल हैन भन्ने गीत गाउदा दर्शकदिर्घा बाट हुटिगको चलेको थियो  भने हाईपर व्यान्डको प्रस्तुतीले कार्यक्रम स्थल तातेको थियो । कार्यक्रमको सन्चालन किशोर भण्डारी र क्षिरिङ लामाले  गरेको थिए । लगातार ३ वर्ष देखी यस्तै  खालको कार्यक्रम गर्दै अहिरहेको  छ ।  कार्यक्रममा विभिन्न नेपाली खानका स्टलहरू समेत रहेका थियो ।

प्रकाशित मिति : April 17, 2024 at 6:21 pm