२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

विश्वदीपमाथि पूर्व सहकर्मीको कटाक्ष, ‘औचित्यहिन गन्तव्य पुन: तय गर्नु दुर्दशिता होइन ह्याङ ओभर मात्र’

३ वैशाख, काठमाडौँ । डा बाबुराम भट्टराईको साथ छाडेर सोमबारमात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका विश्वदीप पाण्डेमाथि पूर्व सहकर्मीले कटाक्ष गरेका छन । भट्टराई प्रधानमन्त्री हुँदका विश्वदीपले उनको साथ छोड्दा सोही समय प्रेस संयोजक भएर प्रधानमन्त्रीको सचिवालयमा सँगै काम गरेका प्रशान्त लामिछानेले माओवादीमा फर्किनु ‘ह्याङओभर’ मात्रै भन्ने टिप्पणी गरेका हुन ।

लामिछानेले सामाजिक सञ्जाल मार्फत विश्वदीपका लागि भनेका छन, ‘२०७१ सालदेखि कुनै पनि राजनीतिक दलको सदस्य छैन। पुराना कुनै दलमा पुनस् समाहित हुनुको कुनै अर्थ पनि छैन। देशले नयाँ राजनीतिक कोर्ष खोजिरहेको छ, त्यसका लागि नयाँ प्रयासहरू भइरहेका छन्। म यि प्रयासहरूको शुभचिन्तक हुँ। देशमा गणतन्त्र स्थापनापछि माओवादीको औचित्य सकिएको हो। त्यो औचित्यहिन गन्तव्य पुनस् तय गर्नु साथीहरूको दुर्दशिता होइन, ‘ह्याङ ओभर’ मात्र हो।’

पुष्पकमल दाहाल प्रचण्डसँग हात मिलाएर सोमबार बिहान पाण्डे माओवादीमा फर्किएका थिए । त्यसपछि उनले सामाजिक सञ्जाल मार्फत पुनः माओवादीमै फर्किएको जानकारी समेत गराएका थिए । लामिछानेले माओवादीको औचित्य गणतन्त्रको स्थापना पछि सकिएको घोषणा पनि गरेका छन ।

प्रकाशित मिति : 17:28