२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनी राप्रपाले चैत २७ गते गरेको आन्दोलनमा प्रहरीले हानेकाे अश्रुग्यासबाट घाइते भएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ११:४१