२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘टीभीएस मेरो साथी’लाइफटाइम वारेन्टी अफर

२ वैशाख, काठमाडौँ । टीभीएसले नयाँ वर्षको अवसर पारि‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । यो स्किमअन्तर्गत ग्राहकहरुले टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा पाउने छन् ।

यसका साथै, हरेक हप्ता १००% क्यास ब्याक, पक्का क्यास डिस्काउन्ट,र एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मुल्यांकन,बजारकै सबै भन्दाकम ईएमआई तथा सजिलो फाइन्यान्स सुबिधाजस्ता आकर्षक अफरहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर २०८० चैत्र ३० गतेबाट सुरु भई सिमित अवधिको लागि देशैभर लागु हुनेछ ।

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउनुका साथै ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १४:०६