२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

अनेरास्ववियुको बन्दसत्रमा केन्द्रिय सदस्यबाट सचिव कुटिए (भिडियोसहित)

३० चैत, काठमाडाैँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीको २० औँ जिल्ला सम्मेलनमा केन्द्रीय सचिव माथि आक्रमण भएको छ । कुरा गत चैत २८ गतेको हो, अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीको २० औं जिल्ला सम्मेलन, त्रिवि कीर्तिपुरमा चलिरहेको थियो ।

उद्घाटन सत्र सकिएर बन्द सत्रको कार्यक्रम चल्दै थियो । बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष थिए दिपेश प्रसाई, जो अखिलको केन्द्रीय सचिव समेत हुन् । त्यतिबेला दलबल सहित मञ्चमा प्रवेश गर्छन् केन्द्रीय सदस्य उज्वल खड्का । पोडियममा बोलिरहेका दिपेश प्रसाई माथि साङ्घातिक हमला गरिहाल्छन् । प्रसाइ अलमलमा पर्छन्, के गर्नेरनगर्ने भनेर । उनीले आफ्नै कमिटीको केन्द्रीय सदस्यले आफैँ माथि आक्रमण नै गरिहाल्लान् भनेर सोचेका समेत हुन्न ।

“केहि बेर कार्यक्रम बिथोलिए पनि, पछि पुनः सुचारु ग¥यौं र त्रिवि स्ववियु सचिव सिद्धान्त भट्टको नेतृत्वमा नयाँ कमिटी बनायौं” अध्यक्ष मण्डलका एक सदस्यले दैनिकीलाई बताए । “अनेरास्ववियु वृत भन्दा बाहिरका अराजनितिक केटाहरु ल्याएर उज्जवलजीले गैरराजनितिक चरित्र देखाउनुभयो, यो कार्यले वहाँलाई फाइदा गदैन्”। नाम नबताउने सर्तमा अखिलका एक पदाधिकारीले भने ।

उज्जवल खड्काको बिगत नै खराब
खड्का बिगतदेखि नै विवादित छविका हुन् । आर.आर.क्याम्पसमा आएर अखिलमा आवद्द भएदेखि नै हरेक कार्यक्रम लफडा गर्ने, विवादमा आइरहने पात्र हुन् उनी । उनी पटक पटक कारबाही भोग्दै समेत आएका थिए । केहि समय अघि अनेरास्ववियुका पुर्व वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने माथि समेत हातपात गरेका थिए ।

“त्यो बेला तत्कालिन नेतृत्वले कारवाही नगरेपछि उनी धेरै हौसिएका हुन् । गलत चिजलाई मलजल गरिएको थियो, त्यसले अहिले फल दिदैछ । त्यो बेला हामीले कारवाही गरौ भन्दा टेरपुच्छर लगाएनन् ” अखिलका एक पूर्व नेताले भने ।

अखिलमा चरम असन्तुष्टि, अध्यक्ष माथि तल्लो स्तरमा गालीगलौच
अनेरास्ववियुको केन्द्रीय कमिटीको तेश्रो पूर्ण बैठक फागुन (२–४) गते च्यासल ललितपुमा बसेको थियो । सो बैठकले विधान अनुरुप मनोनित समेत गरेको थियो । मनोनित गर्ने प्रकृया विधान सम्मत नगरेको भन्दै अखिलका कार्यकर्ताहरुले अध्यक्ष समिक बडाललाई सामाजिक सञ्जालमा तल्लो स्तरको गालिगलौच गरेका छन् । अध्यक्षको स्टाटसमा अपशब्द सहित तल्लो स्तरको टिप्पणी गरेका हुन् ।

उनले आरक्षण कोटामा निर्वाचित नेताहरूलाई बिना सोधपुछ बिदा गरि, महिला कोटामा समेत पुरूषलाई मनोनित गरेका थिए भने सुत्केरी महिलाहरुलाई बिना जानकारी कमिटीबाट हटाएका थिए । अखिल वृतमा महिला कार्यकर्ताहरु चर्को आक्रोशमा छन् । आक्रोश बाहिर धेरै ब्यक्त नगरे पनि ग्रुप म्यासेज र भेटघाटमा भने महिलाहरुको चर्को आक्रोश ब्यक्त गर्ने गरेका छन् । “प्राकृतिक अधिकार माथि नै धावा बोल्ने अध्यक्षज्यूले आफू महिलाबाटै जन्मिएको भुल्नुभयो, यो अत्यन्तै खेदजनक छ । यो कदमले अध्यक्ष ज्यूलाई पछि ठुलो भारी पर्नेवाला छ” । नाम नबताउने सर्तमा अखिल स्थायी कमिटी सदस्यले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार २१:४२