२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गोदरेजको नयाँ वर्ष अभियान “थटफूल न्यू इयर विसेस” क्यास ब्याक र पक्का उपहार

३० चैत, काठमाडाैँ । घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विसेस’ नामक अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरुले गोदरेजका घरायसी सामानहरु खरिद गर्दा रु ३०,००० सम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

थटफूल न्यू इयर विसेस योजना अन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै ग्राहकहरुले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा नि:शुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् । गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले नि:शुल्क स्थापना पाउन सक्नेछन् । यो योजना चैत्र ३०, २०८० बाट सुरु भइ नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

६६ वर्षको इतिहासका साथ, गोदरेजले हरेक घरपरिवारका आवश्यकताहरू पूरा गर्न विभिन्न खानाको तयारी, मौसम नियन्त्रण, कपडाको हेरचाह र सफाई सम्बन्धित उत्पादनहरू प्रदान गर्दछ। गोदरेज अप्लायन्सको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत EOL प्रा. ली रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार २०:०८