१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा


३० चैत, काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेकाे सेयर बिक्रीमा राखेकाे छ । बैंकले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेकाे ४२ हजार ९८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडाैँकाे बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १२:०४

https://srdb.com.np/