१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

बुद्धनगरको चाइनिज फर्निचर शोरुममा आगलागी,लाखौंको क्षति

१० मंसिर, काठमाडौं । बुद्धनगरको एक चाइनिज फर्निचर शोरुममा आगलागी भएको छ । काठमाडौं र भक्तपुरबाट दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

 फर्निचरको शोरुममा भएकाे आगलागीबाट लाखौंको क्षतिको आशंका गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि बुद्धनगर एरियामा विद्युत आपूर्ति समेत बन्द गरिएको छ ।

प्रकाशित मिति : 16:51