१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले उपभोक्ता ठग्ने चार पेट्रोल पम्पलाई कारवाही गर्याे

१० मंसिर, वीरगन्ज । उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको अभियोगमा बारा, कलैयाका चारवटा पेट्रोल पम्पलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले कारवाही गरेको छ ।

सो कार्यालयले केही दिनअघि स्थानीय प्रहरी प्रशासनको सहयोगमा गरेको अनुगमनबाट बारा जिल्लाको कलैया उपमहानगरपालिका भित्र सञ्चानमा रहेका पेट्रोल पम्पहरुमा अनुगमन गरेपछि चार वटा पेट्रोल पम्पले उपभोक्ता ठग्दै आएको फेला परेको क्षेत्रीय प्रमुख शशीभूषण यादवले बताउनुभयो ।

कारवाहीमा परेका पेट्रोल पम्पहरु कलैया उपमहानगरपालिका–१ का अमित आयल स्टोर वडा नं. १३ का विजय आयल स्टोर, वडा नं. १४ का महम्द आयल स्टोर र शिवशङ्कर ट्रेडर्स रहेका छन । ती पम्पहरुले मिटर बिगारेर उपभोक्ता ठग्ने, कम तेल दिने गरेको पाइएकाले कारवाही गरिएको बताइएको छ ।

प्रकाशित मिति : November 26, 2018 at 3:44 pm