२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कोशी प्रदेशसभाको अधिवेशन आव्हान

२८ चैत, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन् ।  कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए ।

सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम विसं २०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित आजको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १७:५४