१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले लिए शपथ

२८ चैत, कर्णाली ।  कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनी नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  मुख्यमन्त्री कँडेलले आजै पदबहाली गर्नेछन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १७:१२