२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

बागमती नगरपालिका प्रमुख भरतकुमार थापाविरूद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

२८ चैत, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। बुधबार आयोगले थापाविरूद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । थापको अकुत सम्पत्तिको अनुसन्धान गर्दा पाँच करोड तेत्तीस लाख त्रिपन्न हजार एक सय उनानब्बे रुपैयाँ छैसठ्ठी पैसाको स्रोत नखुलेकाले सो बमोजिमको बिगो मागदाबी लिएर मुद्दा दर्ता गरिएको छ ।

अख्तियारले थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट निजको एकासगोल परिवारका सदस्यहरु श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाई बुहारी द्वारीका राउतको नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बरावरको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको, आंशिक स्रोत खुलेको र पूरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति बिगो जफत गर्न माग गरेको छ ।

यस्तो छ अख्तियारको दाबी

प्रकाशित मिति : April 10, 2024 at 12:51 pm