२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

एकै वडाका छ जनाको मृत्युपछि शोकले व्याकुल बनेको छ बाँकेको टिटिहिरिया

२८ चैत, राँझा (बाँके) । भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छ जनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ ।

भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छजनाको निधनले सम्पूर्ण वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताए।

दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको मृत्यु भएको थियो । वडाध्यक्ष थारूका अनुसार दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका वडा नं ८ टिटिहिरियाको फत्तेपुरगाउँ निवासी उदयराम थारू, धीरज थारू र विश्राम थारू, रिहारपुर गाउँ निवासी तीलकराम थारू र थपुवागाउँ निवासी अन्तराम थारू र विनोद थारूको मृत्यु भएको छ । थपुवा गाउँकै दशरथ थारू र फत्तेपुर निवासी शान्ति थारू घाइते छन्

“नयाँ वर्षको मुखैमा भएको अकल्पनीय दुर्घटनाले हाम्रो वडा शोकमा छ”, वडाध्यक्ष थारूले भने, “भारतमा दुर्घटना भएकाले त्यहाँको नियम पूरा गरेर शव ल्याउन नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरिरहेका छौँ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ११:०९