१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

सिन्धु सम्पर्क मञ्चमा नयाँ नेतृत्व !

२८ चैत, काठमाडौँ। नेकपा (एमाले) सिन्धु-काठमाडौं सम्पर्क मञ्चको १२ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलन गत शनिबार काठमाडौंको पेप्सीकोलामा सुरु भएको थियो । सोही दिन नै उद्घाटन र बन्द सत्र भएको थियो । नेतृत्व चयनमा विवाद भएपछि सम्मेलन लम्बिएको हो ।उपाध्यक्ष , उपसचिव र सदस्यहरु सबै निर्विरोध भएपनि अध्यक्ष, सचिवमा रस्साकस्सी चलेको थियो । अध्यक्ष लगायत पदमा सहमतिको प्रयास गर्ने भन्दै सम्मेलन केही दिन लम्बिएको थियो ।

सिपा एमाले उपसचिव शिवहरी सापकोटाको अनुसार “सिन्धुपाल्चोक जिल्ला अध्यक्ष, सचिव तथा अध्यक्ष मण्डलको निरन्तर प्रयासले यो सम्भव भएको हो” । सम्मेलनबाट अध्यक्ष द्वारीका प्याकुरेल, उपाध्यक्षद्वय मदन चालिसे र राधा सापकोटा, सचिब रमेश तिमल्सिना, उपसचिवद्वय भवानी तिमल्सिना र कृष्ण नेपाल तथा कोषाध्यक्षमा शिव भण्डारी सहित सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १०:०४