१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

सेयरधनीलाई नगद लाभांश बुझिलिन गरिमा विकास बैंकको आग्रह


२८ चैत, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक,निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आर्थिक बर्ष २०७४/७५ सम्मको भुक्तानी लिन बाँकी सेयरधनीहरुलाई नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।

बैंकको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड,लाजिम्पाटमा सम्पर्क गरी ३५ दिनभित्र सेयरधनीहरुले भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन बैंकले भनेकाे छ । उक्त अवधिसम्म लिन बाँकी नगद लाभांश रकम कम्पनी एन २०६३ को दफा १८२ को उपदफा(९)मा भएको व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ०९:५६

https://srdb.com.np/