२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

वीरगञ्ज २५ का वडा अध्यक्ष आसुतोस चतुरवेदीविरूद्ध पक्राउ पुर्जी जारी

चैत २८, काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २५ का वडा अध्यक्ष आसुतोस चतुरवेदीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । सामाजिक सञ्जालको प्रयोग गरी चरित्रहत्या र मानहानी गरेको उजुरीको आधारमा वडा अध्यक्ष चुतरवेदीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनले पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, महानगरपालिकाका प्रमुख लगायतको नामै तोकेर सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । महानगरप्रमुख राजेनमान सिंहका स्वकीय सचिवालयका नवराज फूयाँलले दिएको जाहेरीका आधामार प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो । सम्भवतः उनी आजै पक्राउ पर्नेछन ।

 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ०७:४७