१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

राप्रपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा

२७ चैत, काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ । सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मंगलबार दिउँसो राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको थियाे ।

सिंहदरबारको मूल गेट अगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा हानेको हाे ।  राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौँ केन्द्रित जनप्रदर्शन गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १४:१४