२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

२७ चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा ३८ वर्षका विनोद चौधरी, ६० का गोपाल बस्नेत, ५० वर्षका विश्राम चौधरी, ४०का अनन्तराम चौधरी, ४५ वर्षका तिलक चौधरी, ५५ का उदयराम चौधरी र ४५ वर्षका धिरज रहेका छन्। मृतक सात जना महेन्द्रनगरका रहेको टाइम्स अफ इण्डियाले समाचारमा उल्लेख गरेको छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १२:५५