१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

सभामुखले गरे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल

२६ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतसँग छलफल गरेका हुन् ।

कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताका सम्बन्धमा पर्याप्त आधार र प्रमाणहरू भेटिएको भन्दै त्यसमा संसदीय छावनिन हुनुपर्ने माग चर्को स्वरमा उठाउँदै आएको छ । कांग्रेसको अब छानविन समिति नबनेसम्म बैठक अबरूद्ध गर्ने चेतावनी दिएको छ ।

यसअघिको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो बैठकमा संसदीय समिति गठन हुनुपर्ने भन्दै अल्टिमेटम नै दिएका थिए।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १५:१४