१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’

२६ चैत, काठमाडौँ। प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो। सिनेमाको नाम ‘एक्लो-१’ राखिएको छ।

निर्माणपक्षले सिनेमा सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ। निर्देशक शाहीले सिनेमा ट्राइलोजी(तीन भाग) मा निर्माण हुने बताए।

नाम घोषणा गर्दै सार्वजनिक गरिएको यो सिनेमाको पोस्टरले ‘एक्लो-१’ हाल बनिसकेका र बन्दै आइरहेका सिनेमाभन्दा फरक स्वादमा बन्ने देखाएको छ। सार्वजनिक पोस्टरमा पात्रको अनुहार नखुलाइ स्पेस सुटमा प्रस्तुत गरिएको छ। स्पेससुटमा नेपालको झण्डा अंकित भएको देख्न सकिन्छ।

स्पेससुट लगाएका पात्र को हुन स्पष्ट नभएपनि सिनेमाका प्रमुख अभिनेता प्रदिप खड्का रहेको अनुमान गर्न सकिनछ। यसैगरी पोस्टरमा एक जोम्बी अनुहारलाई नेपथ्यमा प्रस्तुत गरिएको छ।

सार्वजनिक यो शीर्षक पोस्टरले सिनेमाप्रति दर्शकहरुको जिज्ञाशा बढ्ने आशा गर्नसकिन्छ। सिनेमामा प्रदिपका अलावा वेनिशा हमाल,विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती तथा सुनिल थापाको अभिनय रहनेछ। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए। निर्माता खत्रीका अनुसार छायाँकनका लागी नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भई रहेको छ। सिनेमा साउनको अन्तीमबाट छायाँकनमा जाने तयारीमा रहेको छ।

प्रकाशित मिति : April 8, 2024 at 10:39 am