१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

कांग्रेसको माग सम्बोधन गर्न सभामुखले बोलाए चार दलको बैठक, माग पूरा भए गृहमन्त्री पदमुक्त हुने

२६ चैत, काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी नेपाली कांग्रेसको मागका बारेमा छलफलमा गर्न संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार दलको बैठक बोलाएका छन । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेतालाई बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले दैनिकीलाई जानकारी दिए ।

उनले दैनिकीसँग भने, ‘सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएको सम्बन्धमा सभामुखले आज बिहान १०ः३० बजे प्रधानमन्त्री सहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरवारमा हुनेछ ।’

कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताका सम्बन्धमा पर्याप्त अाधार र प्रमाणहरू भेटिएको भन्दै त्यसमा संसदीय छावनिन हनुपर्ने माग चर्को स्वरमा उठाउँदै अाएको छ । कांग्रेसको अब छानविन समिति नबनेसम्म बैठक अबरूद्ध गर्ने चेतावनी दिएको छ । नेपाली कांग्रेसको माग पूरा भएर संसदीय छानविन समिति गठन गर्ने निर्णय भएमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर छानविनमा सघाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०८:१९