२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बाबु बोगटीको स्वरमा रहेको ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक


२५ चैत, काठमाडाैँ । गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा जेम्स प्रधानको शब्द/संगीत रहेको छ भने एरेन्ज सञ्जीव बराइली तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियोमा अलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडा फिचर्ड छन् । भिडियोमा अलिजा गौतम र युवराज खतिवडालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा दिपु पौडेलको मेकअप, उत्तम हुमागाईंको छायांकन, माधव बेलबासेको कलर र सम्पादन रहेको छ । भिडियो बाबु बोगटी अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १२:४६