२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

शोभा पाठकले राजासाब सम्बोधन गर्दै फिर्ता मागिन पासपोर्ट र नागरिकता

२४ चैत, काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन युवा संघकी नेतृ जानुका पाठक शोभाले सामाजिक सञ्जाल मार्फत पासपोर्ट र नागरिकता फिर्ता मगेकी छिन । कसैको पनि नाम उल्लेख नगरी शोभाले आफ्नो पासपोर्ट र नागरिकता फिर्ता चाहिएको बताएकी छिन ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शोभाले भनेकी छिन, ‘मलाई मेरो पासपोर्ट मेरो नागरिकता लगायत सबै डकुमेन्ट चाहिएको छ। तपाईं कहाँ हुनुहुन्छ। मेरो फोन नउठाएर बस्न मिल्दैन तुरुन्त मलाई मेरो डकुमेन्ट उपलब्ध गराइदिनु। मानवीयता भन्ने कुरा हुनुपर्छ।राजासाब। अति गर्नु अत्याचार नगर्नु।’ शोभाले पासपोर्ट र नागरिकता फिर्ता मागेको अपिलमा तस्बिर पनि सेयर गरेकी छिन ।

शोभाले शनिबार बिहान पासपोर्ट र नागरिकता माग्दै सामाजिक सञ्जाल मार्फत गरेको टिप्पणी ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार १२:४८