११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

सुदूरपश्चिममा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान

२३ चैत, धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् ।

बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएसँगै प्रदेश प्रमुख मियाँले आगामी वैशाख २ गते बेलुका ५ बजेसम्मको समय ताेकेर शुक्रबार सरकार गठनका लागि आह्वान गरेका हुन्।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आगामी वैशाख २ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्नआह्वान गर्नु भएको छ’, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : April 5, 2024 at 5:06 pm