१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

सुनसरीका दुई पालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

२३ चैत, काठमाडाैँ । सुनसरीका दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ। सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले आज मध्याह्न १२ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन्।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनैतिक सभा,र्‍याली/ भेला र प्रदर्शन गर्न निषेध गरिएको कामु सिडिओ फुयलले जानकारी दिए।

प्रकाशित मिति : April 5, 2024 at 2:06 pm