१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू

२२ चैत, काठमाडौँ । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहनेगरी तोकेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि श्रम अदालतको मुकाम काठमाडौँ जिल्लामा रहने गरी तोकिएको थियो । बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरी निवासी प्रा डा पशुपति चौधरी र सदस्यमा सिरहा निवासी डा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।

बैठकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सदस्य पदमा झापा निवासी डा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १७:४२