२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

राजेशपायल राई र साङबुङले गरे सम्बन्ध विच्छेद


२२ चैत, काठमाडौं । गायक राजेशपायल राई र उनकी पत्नी साङबुङ राईबीच सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा उनिहरूकाे सम्बन्ध विच्छेद भएको हाे । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । अदालतले साङबुङ र छोरालाई ५० लाख रुपैयाँ नगद, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर तथा छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन आदेश दिएको छ ।

यी राजेशपायल र साङबुङका  दुईवर्षे छाेरा छन् । २०७८ साल असोजमा उनिहरूबीच विवाह दर्ता भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १८:१८