१ असार २०८३, सोमबार | Mon Jun 15 2026

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस

२२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित मञ्जुको निधन भएपछि एक पद रिक्त थियो ।

प्रकाशित मिति : April 4, 2024 at 12:40 pm